साफ महिला च्याम्पियनसिप
माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा
सोमबार, ०५ कात्तिक २०८१, १९ : ३०
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हराएको हो । जितसँगै नेपाल अंकतालीकाको पहिलो स्थानमा उक्लिएको छ । नेपालका लागि रेखा पौडेलेले ५ गोल गरिन् । प्रीति राईले ३ गोल गरिन् ।
यस्तै सविता राना मगर, अमिसा कार्की र अनिता केसीले एक–एक गोल गरे । नेपालको यो दोस्रो खेल हो । नेपाल आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण