भन्सार छलेको ८९ वटा मोबाइलसहित नुवाकोटबाट एकजना पक्राउ
सोमबार, ०५ कात्तिक २०८१, १९ : ४१
काठमाडौँ । भन्सार छलेको मोबाइलसहित प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–५ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–१ घर भएका ५९ वर्षीय डम्बर सिंह विष्ट छन् ।
गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ८६१२ नम्बरको हायस माइक्रोमा सवार विष्टको साथबाट विभिन्न कम्पनीका ८९ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले रातोपाटीलाई बताए ।
सोमबार बिहान अस्थाई प्रहरी पोष्ट कोल्पुटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बरामद मोबाइलको बजार मूल्य ६६ लाख ८९ हजार हुन आउँछ । आरोपीको साथमा आइफोन मात्र २० वटा भेटिएको डीएसपी भारतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण