चित्लाङ फुटबल क्लब अन्तिम चारमा प्रवेश
बेलबारी । एक पक्षीय खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लब, राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
चित्लाङले कात्तिक ९ गते दलसिंहपारा फुटबल क्लब भारत र सलहेस क्लब सिराहा बिचको खेलको विजेतासँग खेल्नेछ ।
चित्लाङ फुटबल क्लबको जितका लागि १६ औँ मिनेटमा हेनरीले गोल गरे । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गरी बचाएका थिए । तर,रिवाउन्स बललाई चित्लाङका खेलाडी हेनरीले पोष्टमा प्रहार गरी सिँधै गोल गरे । ३३ औँ मिनेट चित्लाङका विदेशी खेलाडी रोवर्टले गाल गरे । दोस्रो गोल गर्न हेनरींको क्रममा रोवर्टले गरेका थिए । ५६ ओं मिनेटमा रोवर्टले थप एक गोल ठोके ।तेस्रो गोल रोवर्टले तपन कार्कीको पासमा गरेका थिए ।
अनन्त तामाङ, शनिश श्रेष्ठ र रोहन कार्की लगायतका राष्ट्रिय खेलाडी लिएर मैदानमा निस्केको राजारानी क्लब धनकुटाले खेलको ६१ ओं मिनेट सान्त्वना गोल फर्कायो । रारारानीको लागि एकमात्र गोल अनन्त तामाङले गरे ।
सान्तवना गोल गरेपछि रक्षात्मक बनेको चित्लाङ विरुद्ध धनकुटाले एक पछि अर्को राम्रा अवसर निकाले पनि स्कोर गर्न सकेन । सोमबारको खेलमा चित्लाङ फुटबल क्लबबाट २ गोल गर्ने रोवर्ट म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाली कांग्रेस मोरङका सचिव ललित बहादुर श्रेष्ठले नगद ५ हजार सहित म्यान अफ द म्याचको ट्रफि प्रदान गरे । मङ्गलबार गत वर्षको विजेता व्रिगेड ब्वाइज क्लब र बुटवल लुम्बिनी फुटबल क्लब बिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण