राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना छैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना नरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओली सो कुरा बताएका हुन् ।
‘दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने मेरो कुनै योजना छैन । अरु साथीहरुले पहिले त्यस्तो गर्नुभएको थियो भनेर मलाई शंका गर्नुभएको होला मेरो त्यस्तो कुनै योजना छैन’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रातोपाटीसँग भने ।
भेटका क्रममा विपक्ष दलहरुले बाहिर बजारमा आएजस्तो राजनीतिक दलहरुलाई र संसदलाई छलेर अध्यादेश ल्याएमा बहुदलीय व्यवस्थालाई समाप्त पार्ने काम गर्ने र यसो नगर्न सुझाव दिएको समेत अध्यक्ष लिङ्देनले बताए ।
विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्रमा समेत दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण