बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ
मङ्गलबार, ०६ कात्तिक २०८१, १९ : १३
काठमाडौँ । बलात्कार र गर्भपतन मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको बागचौर घर भएर कीर्तिपुर बस्ने ३५ वर्षीय रामचन्द्र केसी छन् ।
उनलाई कीर्तिपुर स्थित पाँगाबाट पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । बलात्कार र गर्भपतन मुद्दामा उच्च अदालत सुर्खेतले उनीविरुद्ध १२ वर्ष ६ महिना कैद र पाँच हजार जरिवाना हुने ठहर गरेको छ । २०८१ वैशाखमा भएको सो फैसलापछि उनी फरार थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण