ठूला हाेटलमा प्लास्टिकजन्य बाेटलसहितका पेय पदार्थमा राेक
बुधबार, ०७ कात्तिक २०८१, ०७ : ५२
काठमाडौं । सरकारले तारे होटलहरूमा प्लास्टिकजन्य बाेटलसहितका पेय पदार्थमा राेक लगाएकाे छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेकाे पर्यटन विभागले मंगलबार यस्तो निर्णय गरेको हो ।
विभाग जारी गरेको प्रेस विज्ञप्तिमा तारे होटल (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) र सबै रिसोर्ट (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बाेटलहरूमा राेक लगाएकाे उल्लेख छ ।
विभागबाट तारे स्तरमा स्तर वर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थ प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तीमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा राेक लगाएकाे पर्यटन विभागका महानिर्देशक डा नारायण रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण