एकता कपुर र उनकी आमालाई सोधपुछका लागि प्रहरीले बोलायो, नाबालिगहरूको आपत्तिजनक दृश्यहरू खिचेको आरोप
मुम्बई । मुम्बई प्रहरीले एकता कपूर र उनकी आमा शोभा कपूरलाई सोधपुछका लागि बोलाएको छ। प्रहरीले उनलाई अक्टोबर २४ तारिख बिहीबार हाजिर हुन निर्देशन दिएको हो ।
दुई दिन अघि मुम्बईमा एकता र उनकी आमा शोभा कपूर विरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। यो केस ओटीटी प्लेटफर्म 'अल्ट बालाजी' को वेब सिरिज 'गन्दी बात' को सिजन ६ सँग सम्बन्धित छ।
एकता र उनकी आमामाथि यो वेब सिरिजमा नाबालिगहरूको आपत्तिजनक दृश्य खिचेको आरोप छ। यद्यपि, यो विवादास्पद एपिसोड हाल यस एपमा स्ट्रिमिङ भइरहेको छैन।
अल्ट डिजिटल मिडिया इन्टरटेनमेन्ट लिमिटेडले एउटा स्पष्टीकरण जारी गर्दै भनेको छ, ‘उत्पादन कम्पनीले पनि सुटिङका क्रममा पोक्सो ऐनजस्ता सबै कानुनको पालना गर्छ । नाबालिगको मामलामा जे सुचना बाहिर आएको छ, त्यो गलत हो ।’
कम्पनीले थप भन्यो, 'शोभा कपूर र एकता कपूर हरेक दिन सेटमा उपस्थित हुँदैनन्। उनको अनुपस्थितिमा सबै काम सम्हाल्ने केही टोली बनेका छन् । तर, मुद्दा अदालतमा छ र कम्पनीलाई न्यायपालिकामाथि पूर्ण विश्वास छ । हामी अनुसन्धान एजेन्सीलाई सहयोग गर्नेछौँ।
मुम्बईको बोरिवलीको एमएचबी पुलिस स्टेसनमा एफआईआर दर्ता गरिएको थियो। उजुरीकर्ताले शृङ्खलाको एक एपिसोडमा पोक्सो ऐनको नियम उल्लङ्घन गर्दै केही दृश्यहरू देखाइएको आरोप लगाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण