कलंकीको गेस्ट हाउसमा युवती मृत फेला
बुधबार, ०७ कात्तिक २०८१, १५ : २०
काठमाडौँ । काठमाडौँको कलङ्की स्थित गण्डकी गेस्ट हाउसमा २९ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–२१ जैसीदेवल घर भएकी कञ्चन गौतम गेस्ट हाउसको कोठा नम्बर–२०३ मा मृत फेला परेकी हुन् ।
मृतकले क्युटिपिम आर–३०० नामको ७० ट्याब्लेट औषधी सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट औषधीको ओभरडोजबाट मृत्यु भएको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौँ ।’
असोज ५ मा साँझ उनी सो गेस्ट हाउसमा बस्न गएकी हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण