लुम्बिनी प्रदेशमा थपिएका ३ मन्त्रीको शपथ आज
बिहीबार, ०८ कात्तिक २०८१, ०८ : ५४
बुटवल । लुम्बिनी प्रदेशमा थपिएका तीन मन्त्रीले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका थिए । त्यस्तै जसपाबाट बाँकेका आदेश अग्रवाल पनि मन्त्री बनेका छन् ।
तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय , कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश प्रमुखको कार्यालयले इमेलमार्फत मन्त्री थपिएको जानकारी दिएको थियो ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले नवनियुक्त मन्त्रीहरूको आज शपथग्रहणको तयारी भएको रातोपाटीलाईजानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण