दुई थान बन्दुक र २० थान खयरको डमरुसहित एक जना पक्राउ
बिहीबार, ०८ कात्तिक २०८१, ०९ : ३८
रौतहट । रौतहटबाट २ थान भरुवा बन्दुक र खयर काठको डमरुसहित एकजना मानिस पक्राउ परेका छन्। डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले भरुवा बन्दुक र डमरुसहित एकजनालाई पक्राउ गरेको हो।
चन्द्रपुर नगरपालिका ३ मा पर्ने चुरे क्षेत्रको ख्याकु गाउँबाट बन्दुक र वनबाट अवैध कटानी गरी ल्याएको खयर काठको डमरुसहित कान्छामान जिम्बा पक्राउ परेका हुन् ।
ख्याकु गाउँमा अवैध रूपमा खयर काटेर डमरु कारखाना सञ्चालन गर्दै आएका जिम्बाको गोठमा डिभिजन वन कार्यालयको गस्ती टोलीले छापामारी गर्ने क्रममा दुई थान भरुवा बन्दुकसमेत फेला परेपछि जिम्बालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए ।
आरोपी नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत राजेश कुमार साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण