ओली सरकार पूर्ण रूपमा असफल भयो तर अहिल्यै विकल्प खोजेका छैनौँ : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिल्यै नै ओली सरकारको विकल्प नखोजिएको बताएका छन् । यतिबेला सरकारको विकल्प खोज्ने भन्दा पनि पार्टीको सम्पूर्ण ध्यान १० गते हुने खबरदारी सभाको तयारीमा रहेको उनले स्पष्ट पारे । तर ओली सरकार पूर्ण रूपमा असफल भएको उनको निष्कर्ष छ ।
‘जनता विपद्को भुमरीमा छन् । सरकारको उपस्थिति शून्य छ । हरेक हिसाबले सरकार पूर्णत असफल भएको छ । सरकार परिवर्तनकाे विषयमा अहिले छलफल चलिसकेको छैन । सम्पूर्ण रूपमा पार्टीको ध्यान १० गते हुने खबरदारी सभामा रहेको छ । जनतामा गएर खबरदारी गर्दै जान्छौँ । सरकारका गलत कामबारे जनतालाई जानकारी दिउँ । अरू कुरा बिस्तारै हुँदै जान्छ’, रातोपाटीसँग उनले भने ।
सत्ताबाट बाहिरिएपछि जन परिचालनसहितका कार्यक्रम ल्याउने तयारी गरेको माओवादीले बिहीबार सरकारको सय दिनको कामको समीक्षा गरी आफ्नो धारणा सार्वजनिक गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’
-
देशको राजनीतिक अवस्था नाजुक बनिरहेको छ : पूर्व उपराष्ट्रपति पुन
-
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस