ओली सरकार पूर्ण रूपमा असफल भयो तर अहिल्यै विकल्प खोजेका छैनौँ : प्रवक्ता सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिल्यै नै ओली सरकारको विकल्प नखोजिएको बताएका छन् । यतिबेला सरकारको विकल्प खोज्ने भन्दा पनि पार्टीको सम्पूर्ण ध्यान १० गते हुने खबरदारी सभाको तयारीमा रहेको उनले स्पष्ट पारे । तर ओली सरकार पूर्ण रूपमा असफल भएको उनको निष्कर्ष छ ।
‘जनता विपद्को भुमरीमा छन् । सरकारको उपस्थिति शून्य छ । हरेक हिसाबले सरकार पूर्णत असफल भएको छ । सरकार परिवर्तनकाे विषयमा अहिले छलफल चलिसकेको छैन । सम्पूर्ण रूपमा पार्टीको ध्यान १० गते हुने खबरदारी सभामा रहेको छ । जनतामा गएर खबरदारी गर्दै जान्छौँ । सरकारका गलत कामबारे जनतालाई जानकारी दिउँ । अरू कुरा बिस्तारै हुँदै जान्छ’, रातोपाटीसँग उनले भने ।
सत्ताबाट बाहिरिएपछि जन परिचालनसहितका कार्यक्रम ल्याउने तयारी गरेको माओवादीले बिहीबार सरकारको सय दिनको कामको समीक्षा गरी आफ्नो धारणा सार्वजनिक गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण