अनलाइन सट्टेबाजी एपको विज्ञापन गरेर विवादमा नवाजुद्दीन, कानुनी कारबाहीको माग
मुम्बई । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी हालै एक विज्ञापनका कारण विवादमा परेका छन् । एक हिन्दु संगठनले उनीमाथि महाराष्ट्र प्रहरीको छवि बिगारेको आरोप लगाएको हो । उनीहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
फ्रि प्रेस जर्नलको रिपोर्ट अनुसार हिन्दु जनजागृति समितिले मुम्बईका प्रहरी आयुक्त र महाराष्ट्रका प्रहरी प्रमुखलाई नवाजुद्दीनविरुद्ध कारबाही गर्न माग गरेको छ । सिद्दिकीले प्रहरीको वर्दीमा अनलाइन बेटिङ एपको प्रचार गरेर प्रहरीलाई बदनाम गरेको संस्थाले आरोप लगाएको छ। उक्त विज्ञापनले कानुन प्रवर्तनको अपमान गरेको पनि बताइएको छ ।
सुराज्य अभियानका महाराष्ट्र राज्यका संयोजक अभिषेक मुरुकाटेले राज्यका डीजीपी र मुम्बईका पुलिस आयुक्तलाई पत्र लेखेर नवाजुद्दीन र अनलाइन गेमिङ एप मालिक अंकुर सिंहलाई कारबाही गर्न माग गरेका छन्। यो विषयलाई बेवास्ता गरिएमा प्रहरी पोसाकको दुरुपयोग गरी विज्ञापन गर्ने क्रम बढ्न सक्ने उनको विश्वास छ ।
पत्रमा लेखिएको छ, ‘यसले महाराष्ट्र प्रहरीको छवि धमिलो पार्छ। यसलाई बेवास्ता गर्दा अवैध विज्ञापनको समस्या झन् बढ्न सक्छ ।’ उनले महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडणवीसलाई पनि यस विषयमा ध्यान दिन आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण