मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रूपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरे ।
जिप्रका काठमाडौँले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरणलगायत कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।
“कानुनले निषेध गरेका गतिविधि गरे/गराएमा कानुनबमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ”, सूचनामा भनिएको छ । तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौँले सबैलाई आग्रह गरेको छ । सूचनामा उल्लेखित कुराको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण