चिनियाँ मिडिया नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी
बिहीबार, ०८ कात्तिक २०८१, २१ : ४८
काठमाडौँ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष पुगेको अवसरमा चिनियाँ मिडिया ग्रुप नेपाली विभागले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी वृत्तचित्र प्रदर्शनी गरेको छ ।
नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोही अवसरमा वृत्तचित्र प्रदर्शनीमा राखिएको चिनियाँ मिडिया गु्रपका विदेशी विशेषज्ञ चेतनाथ आचार्यले जानकारी दिए ।
दुई देशबीचको कूटनीतिक सम्बन्ध एवं सहकार्यले नेपालको समाजिक–आर्थिक विकासका अलवा पूर्वाधार निर्माण, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको आचार्यको भनाइ थियो ।
नयाँ बानेश्वरको एम्बिसन एकेडेमीमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षकलगायतको समेत उपस्थिती थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण