गणेश पराजुलीको प्रश्न– जीबी राई एक्लैले १६ अर्ब ठगे ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको बताएका छन् ।
शुक्रबार सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँको बानेश्वरमा विरोध प्रदर्शनपछि आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै सांसद पराजुलीले सहकारी छानबिन प्रतिवेदनमा ८७ अर्ब अपचलनबारे नखोजी रवि लामिछानेलाई मात्र पक्राउ गरेको बताए । उनले सरकार भ्रष्टाचारीलाई जोगाउन लागि परेको दाबी समेत गरे
‘जीबी राई एक्लैले १६ अर्ब ठगे’ भन्दै उनले जीबी राई पक्राउ गर्न कसले रोक्यो भनेर सरकारलाई प्रश्न गरे ।
उनले संसदीय छानबिन समितिका सभापति सूर्य थापाले रवि लामिछानले कुनैपनि सहकारीबाट रकम नलिएको भनेको भन्दै प्रतिवेदनमा समेत सोही कुरा लेखिएपनि सरकारले प्रमाणविना लामिछानेलाई पक्राउ गरेको दाबी गरे । उनले रास्वपाका कार्यकर्ताले कानुन उल्लंघन गरेको भनेर एमालेले विज्ञप्ति निकालेको भन्दै आफूहरू गिरफ्तारी दिन तयार रहेको बताए । उनले भ्रष्टाचारीमाथि कारबाही नभएसम्म रास्वपाको आन्दोलन नरोकिने चेतावनी दिए ।
‘सरकारमा रहेका दलहरूले हामीलाई देखेर डराएका छन् । थर्थराएका छन्’, उनले भने, ‘हामी षड्यन्त्रको सामना गर्नुपर्छ ।’ कार्यक्रममा रास्वपा बागमती प्रदेशका सभापति अच्युतम लामिछाने, सांसदहरू तोसिमा कार्की, विराजभक्त श्रेष्ठलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण