नामिबियाका कप्तान जेरार्ड इरसमस काठमाडौँ गुर्खाजमा अनुबन्ध
काठमाडौँ । काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई अनुबन्ध गरेको छ । जेरार्डले मंसिर १५ देखि काठमाडौँमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजबाट खेल्ने भएका हुन् ।
सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट प्लेयर अफ द इयरमा चुनिएका इरसमसले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । सोक्रममा उनले एकदिवसीयमा झन्डै २ हजार रन बनाउनुका साथै ३८ विकेट र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार ५ सय ५७ रन बनाउनुका साथै ५३ विकेट लिएका छन् ।
कप्तानको भूमिकामा इरसमसले नटआउट ५३ रन बनाउँदै आयरल्यान्डमाथि ८ विकेटको विजय दिलाएपछि नामिबिया २०२१ मा ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुगेको थियो ।
नामिबियाले यसै वर्ष फेब्रुअरीमा विश्वकप लिग २ मा नेपाल र नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा खेलिएको ४ खेलमा उनले ३ मा विजय दिलाएका थिए । जसमा नेपालविरुद्धको दोस्रो खेलमा उनले अर्धशतक बनाएका थिए ।
उनको आगमनले काठमाडौँ गुर्खाजको ब्याटिङ, बलिङका साथै नेतृत्व टोलीलाई पनि ठुलो टेवा पुग्ने काठमाडौँ गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण