दरबन्दी नपाएपछि पठनपाठनमा समस्या
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार हाल माविका लागि एकजना राहत र एकजना स्थायी शिक्षकमात्र रहेकाले पठनपाठनमा समस्या छ । 'हामीले व्यवस्थापन सङ्काय चलाएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ । एक राहत र एक जनामात्र स्थायी छन् हामीले निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ,' उनले भने ।
निजी स्रोतका शिक्षकलाई वार्षिक रु ११ लाख तलब दिनुपर्ने अवस्था रहेको अध्यक्ष अधिकारीले बताए । अंग्रेजी शिक्षकलाई आंशिक रूपमा राखिएको छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरेको भन्दै त्यहीबाट नै तलब दिने गरिएको उनले बताए ।
निजी शिक्षकको तलबमा वार्षिक रु पाँच लाख घाटा भएको उनको गुनासो छ । अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट उक्त घाटा पूर्ति हुने गरेको छ । यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको तर सुनुवाइ नभएको उनको दुखेसो छ ।
गरिब, पिछडिएका वर्ग र द्वन्दपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पढाइने यो विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई निःशुल्क गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण