मंसिर ४ बाट हेटौँडामा भेट्रान्स फुटबल प्रतियोगिता
हेटौँडा । आगामी मंसिर ४ गतेबाट हेटौँडाको नागस्वतीमा राष्ट्रिय स्तरको भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा तेस्रो संस्करणको राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।
हेटौंडा–७ स्थित नवज्योति माध्यमिक विद्यालय नागस्वतीको चौरमा प्रतियोगिता अन्तर्गतका खेलहरु सञ्चालन हुने क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिए । विभिन्न जिल्लाका भेट्रान्स क्लबहरुको सहभागितामा प्रतियोगिता सञ्चालन हुने उनले बताए ।
मंसिर ८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगितामा २० टिमको सहभागिता रहने उनले बताए । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गरिने एट ए साइड फुटबल प्रतियोगिताका लागि हाल टिम दर्ताका लागि आह्वान गरी दर्ताको काम भइरहेको उनको भनाई छ । प्रतियोगितामा ४० वर्ष पूरा भएका खेलाडीहरु मात्रै सहभागी हुन पाउने उनले बताए ।
प्रतियोगिताको विजेताले २ लाख एक हजार रुपैयाँ र उपविजेताले १ लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष तितुङको भनाई छ । उनले प्रतियोगिताका सर्वाधिक गोलकर्ता, फरवार्ड, गोलकिपर, डिफेन्स र टिम कोचलाई जनही पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिने बताए ।
प्रतियोगिता अन्तर्गत विभिन्न शिर्षकमा १९ लाख १२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष तितुङले बताए । यसअघि आयोजना गरिएको पहिलो र दोस्रो संस्करणको प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्सले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण