दोलखा विद्यावारिधि फोरम गठन गर्ने निर्णय
काठमाडौं । दोलखाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको सञ्जाल 'दोलखा विद्यावारिधि फोरम' गठन हुने भएको छ ।
राजधानीमा शनिबार भएको भेलाले फोरम गठन गर्ने निर्णय गरेको छ ।
दोलखाको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि ज्ञानको माध्यमबाट सहयोग पुर्याउने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्ताहरुलाई सहयोग गर्ने फोरम गठनको उद्देश्य रहेको छ ।
फोरमले आफ्नो उद्देश्य अनुरुपको विस्तृत खाका तयारी पार्न लागेको जनाइएको छ । डा. सम्राट आचार्यको संयोजनमा फोरम गठनका लागि भएको भेलामा प्रा.डा. श्याम जोशी, प्रा.डा. कमल ढुंगेल, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, डा. टीकाराम पोखरेल, डा. साकार शिवाकोटी, डा.. भीम दाहाल, डा. वासुदेव घिमिरे, डा. दिपेश खरेल, डा. अनिता श्रेष्ठ, डा. लक्ष्मी ढुंगेललगायतको उपस्थिति रहेको थियो ।
फोरमले दोलखामा जन्मी वा कर्मथलो बनाई विश्वभर रहेका विद्यावारिधि गरेकाहरुलाई सहभागी गराई हरेक तीन महिनामा भेला बैठक गर्ने र दोलखाको आर्थिक सामाजिक विकासका लागि वौद्धिक बहस चलाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण