बारामा अज्ञात समूहद्वारा यादवको हत्या
आइतबार, ११ कात्तिक २०८१, ०० : १५

बारा । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ ।
महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।
गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
-
रवि लामिछानेका वकिलले पटक–पटक पेसी स्थगित गरेर ‘थाहै दिइएन’ भनेपछि...
-
प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपछि पुन: सवारी चालक अनुमतिपत्र छपाइ सुरू
-
षट्कोण आर्ट्सले घोषणा गर्यो नयाँ फिल्म ‘लालीबजार’
-
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
गर्भवती र सुत्केरीको हवाई उद्धार सेवा कमजोर, रातिमा किन भएन ?