लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई दियो १३६ रनको लक्ष्य
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन आइतबारको खेलमा लुम्बिनी प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई जितका लागि एक सय ३६ रनको लक्ष्य दिएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशको टोलीले निर्धारित ५० मध्ये ४१.२ ओभरमा अलआउट हुनुअघि एक सय ३५ रन बनायो । लुम्बिनी प्रदेशका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए ।
लुम्बिनी प्रदेशका लागि सन्तोष यादबले सर्वाधिक ३६ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सन्तोषले ६१ बलको सामना गरी तीन चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान दिलसाद अलीले पनि टोलीको खातामा ३२ रन थपे । उनले ५३ बलमा तीन चौका हिर्काए ।
त्यसअघि कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान आकाश त्रिपाठी ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । यसका अतिरिक्त, सातौँ नम्बरका ब्याट्सम्यान समिर अली मुसलमानले पनि टोलीको खातामा अविजित १२ रन थपे ।
ओपनर ब्याट्सम्यान सम्राट भुषाल भने चार रनभन्दा अगाडि बढ्न सकेनन् । विजय कोहरले टोलीको खातामा सात रन थपे । अन्य ब्याटसम्याले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि २५ रन पाएको थियो ।
कोशी प्रदेशका बलर प्रतिक पोखरेलले तीन विकेट लिए । उनले आठ ओभरमा दुई मेडन राख्दै २४ रन खर्चिए । प्रेम कामत, बिपिन महतो र सौजन घिमिरेले पनि दुई–दुई विकेट हात पारे । रोसन साहले पनि एक विकेट लिए ।
सातवटै प्रदेशका टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता कार्तिक २१ गतेसम्म चल्ने । समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल कार्तिक २१ गते खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण