इजरायलले गलत कदम चाल्यो: इरानी सर्वोच्च नेता खामेनी
आइतबार, ११ कात्तिक २०८१, १६ : १९
तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ अर्थात् शनिबार इजरायलले इरानमाथि गरेको हमलामा प्रतिक्रिया दिएका छन् । खामेनीले इजरायलले गलत कदम चालेको बताएका छन् ।
यसबारे माइक्रो ब्लगिङ वेबसाइट एक्समा उनले एक पोस्ट गरेका छन् । ‘जियोनिस्ट शासनले दुई रात अघि गलत कदम उठायो । हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ सङ्कल्प र पहलकबारे बताउनै पर्छ,’ पोस्टमा खामेनीले भनेका छन् ।
इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको थियो । यी आक्रमणमा चार इरानी सैनिकको मृत्यु भएको छ । यस महिनाको सुरुमा इरानले इजरायलमा करिब २०० मिसाइल प्रहार गरेको थियो । तर, इरानको आक्रमणमा इजरायललाई कुनै ठुलो क्षति पुगेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण