धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
हेटौंडा । मकवानपुरको हेटौंडाबाट धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले धारिलो हतियार (खुकुरी) देखाई लुटपाट गर्ने २ जनालाई पक्राउ गरेको हो ।
शनिबार दिउँसो हेटौंडा–११ थानाभर्याङ स्थित राप्ती खोलाको बगरमा धारिलो हतियार देखाएर सुनको सिक्री लुटेको आरोपमा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा हेटौंडा–११ थानाभर्याङका २० वर्षीय असमिन चौलगाई र सोही स्थानका २० वर्षीय अनिस चौलगाई रहेका छन् ।
उनीहरुले बकैया गाउँपालिका–४ बस्ने २० वर्षीय मनिष फुयाल र सोही स्थानका २४ वर्षीय सुजन पौडेलको १ तोलाको सुनको सिक्री लुटेको प्रवक्ता अर्यालले बताए । उनीहरूलाई सुनको सिक्रीसहित नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दा चलाइएको प्रहरीको भनाई छ । पक्राउ गरिएका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान कार्य अघि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण