महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला

वीरगन्ज । महोत्तरीमा सोमबार दिउँसो एक महिलाको शव फेला परेको छ । जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैँचा नजिकै रहेको डिलमा एक महिलाको शव फेला परेको हो ।
महोत्तरी प्रहरीका अनुसार अनुहार जलाइएको अवस्थामा अन्दाजी २५/२६ वर्षीय महिलाको शव फेला परेको हो । तर उनको पहिचान भन्ने अहिलेसम्म खुल्न नसकेको महोत्तरी प्रवक्ता सन्तुलाल जयसवारले जानकारी दिए ।
उनका अनुसार कालो लेगिज र हल्का पहेँलो रङ्गको कुर्थी लगाएकी महिलाको शव आँप बगैँचाको आलिमा भेटिएको छ ।
जलाएर हत्या गरेको हुनसक्ने महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक जयसवारको आंकलन छ । प्रहरीका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोही सूचनाको आधारमा महोत्तरी प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ ।
मृतकको पहिचान खुल्न नसकेपछि अनुसन्धानमा सहजताका लागि कुकुरको समेत परिचालन गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
यस्तै सो शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
यात्रुहरू समस्यामा परेपछि महानगर यातायात प्रालि पत्रकार सम्मेलन गर्दै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ