अल्ट्रा धावक सुमनलाई सिकप्रिड फाउन्डेसनको सहयोग
काठमाडौँ । नेपालका चर्चित अल्ट्रा धावक सुमन कुलुङ राईलाई अस्ट्रियाको सिकप्रिड फाउन्डेसनले सहयोग गर्ने भएको छ । विगत दुई वर्षदेखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउन्डेसनले अब खेलजीवनभर सहयोग गर्ने बताएको छ ।
यसका लागि वर्षको करिब १२ हजार युरो खर्च हुने फाउन्डेसनले अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङसँगको भेटमा फाउन्डेसनकी अध्यक्ष सिकप्रिडले धावक राई विश्वको १० जना खेलाडीभित्र पर्ने सम्भावना रहेको बताइन् ।
राईको शारीरिक परीक्षणबाट उनीभित्र खेल सम्भावना देखिएको बताउँदै नेपालमा सुमनजस्ता धेरै खेलाडी हुनसक्ने सम्भावना पनि औँल्याइन् । धावक राई पर्यटन गाइडका रूपमा काम गर्दा दुई वर्षअघि फाउन्डेसनका पदाधिकारीसँग सम्पर्कमा आएका थिए ।
फाउन्डेसनले राईको विस्तृत स्वास्थ्य परीक्षण गरेर उनी विश्वका उत्कृष्ट १० धावकभित्र पर्ने सम्भावना रहेको भन्दै सहयोग गरेको हो । फाउन्डेसनकी अध्यक्ष सिकप्रिडले सन २०२५ सेप्टेम्बरमा आयोजना हुने वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीका लागि मेडिकललगायतको खर्च पनि व्यवस्थापन गरिदिने बताइन् । कार्यक्रममा नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवर पनि उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण