जर्मन कम्पनीले ल्यायो ‘डिजिटल कन्डम’
बर्लिन । एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । कन्डम बनाउने जर्मन कम्पनी बिली ब्वाईले उक्त एप बनाएको हो ।
यसले अन्तरङ्ग क्षणहरूमा प्रयोगकर्तालाई सुरक्षित राख्दछ । एपले सहमति बिना तस्बिरहरू खिच्न, छायाङ्कन गर्न वा अडियो रेकर्ड गर्नबाट रोक्नेछ । डिजिटल अन्तरङ्गताको समयमा यो एप खोल्नु पर्छ । यसको प्रयोग गर्न वास्तविक कन्डम जस्तै सजिलो रहेको कम्पनीको दाबी छ ।
क्यामडोम प्रयोग गर्दा प्रयोगकर्ताहरूले आ–आफ्नो फोनलाई निकटमा ल्याएर भर्चुअल बटन स्वाइप डाउन गर्नु पर्छ । यो बटनले फोनमा भएका क्यामरा र माइक्रोफोन सबै ब्लक गरिदिन्छ । दुई मध्ये एक जनाले पनि फोनबाट फोटो खिच्न वा भिडियो वा आवाज रेकर्ड गर्न खोजे भने अलार्म बज्छ र कोठामा भएको अर्को व्यक्ति सतर्क हुन्छ । एपले सम्भावित खतराबारे प्रयोगकर्तालाई थाहा दिन्छ र रेकर्ड भइरहेको छ भनेर सूचना दिन्छ ।
क्यामडोमले अनलाइन मञ्चहरूमा सहजै चुहिने अनि फैलिन सक्ने गोप्य कन्टेन्टहरूको सुरक्षा गर्छ । यसले एक पटकमा कयौँ उपकरणहरूलाई ब्लक गरिदिन्छ ।
‘एड्ज अफ द वर्ल्ड’का अनुसार अहिलेको पुस्तामा मोबाइल फोन मानव शरीरको हिस्सा भएको र मानिसहरूले आफ्ना उपकरणमा संवेदनशील कन्टेन्टहरू थुपारेर राख्ने क्यामडोम एपका विकासकर्ता फेलिप अल्मेइदाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण