नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट विक्री वितरण स्थगित
सोमबार, १२ कात्तिक २०८१, १९ : ०७
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट विक्री वितरण स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक सूचना जारी गर्दै बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट विक्री वितरण स्थगित गरिएको जानकारी दिएको हो ।
आइतबार भएको नेपाल र भारतबिचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेका कारण टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्ससँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको एन्फाले जानकारी दिएको छ ।
तत्कालका लागि सम्झौता रद्द गरिएकाले अर्को सूचना जारी नभएसम्म नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट खरिद नगर्न एन्फाले आग्रह गरेको छ । टिकट विक्री वितरण गरी कुनै समस्या आइपरेमा जवाफदेही नहुने एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण