नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट विक्री वितरण स्थगित
सोमबार, १२ कात्तिक २०८१, १९ : ०७

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट विक्री वितरण स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक सूचना जारी गर्दै बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट विक्री वितरण स्थगित गरिएको जानकारी दिएको हो ।
आइतबार भएको नेपाल र भारतबिचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेका कारण टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्ससँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको एन्फाले जानकारी दिएको छ ।
तत्कालका लागि सम्झौता रद्द गरिएकाले अर्को सूचना जारी नभएसम्म नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट खरिद नगर्न एन्फाले आग्रह गरेको छ । टिकट विक्री वितरण गरी कुनै समस्या आइपरेमा जवाफदेही नहुने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु