समाचार
मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानबारे के होला निर्णय ?
मङ्गलबार, १३ कात्तिक २०८१, ०९ : ३०

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् । सातामा सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन ।
मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए । प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए । घिसिङको उक्त निर्णयबाट सरकार चिढिएको छ ।
यद्यपि उनले बैठकका एजेन्डा प्राप्त भइसकेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा समेत छलफल हुनसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली युथ बक्सिङमा नेपालका सात खेलाडी सहभागी हुने
-
पाकिस्तानले देला भारतीय हवाई आक्रमणको जवाफ ?
-
भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिन्छौँ : एस जयशंकर
-
संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्नेलाई सरकारले छोड्दैन : गृहमन्त्री
-
प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
रेशम चौधरीलाई किन पक्राउ गरियो ? गृहमन्त्रीले दिए जवाफ