लुम्बिनीले अस्ट्रेलियन अलराउन्डर बेन कटिङलाई भित्र्यायो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्लब लुम्बिनी लायन्सले अस्ट्रेलियन अलराउन्डर बेन कटिङलाई भित्र्याएको छ । ३७ वर्षीय खेलाडी दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलर हुन् ।
उनले अस्ट्रेलियाको राष्ट्रिय टोलीका ४ वटा एकदिवसीय र ७ वटा टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले घरेलु लिगमा ब्रिसबेन हिट, सिड्नी थन्डरलगायत टोलीबाट खेलिसकेका छन् । त्यस्तै, राजस्थान रोयल्स, सन्राजर्स हैदराबाद र कोलकाता नाइटराइडर्सबाट इन्डियन प्रिमियर लिग खेलेको पनि अनुभव छ ।
टोलीले विदेशी खेलाडीका रूपमा इंग्ल्याण्डका टम मुरेसलाई भित्र्याएको थियो । लुम्बिनीले यसअघि भारतका नन्दन फडनिसलाई प्रमुख प्रशिक्षकका रूपमा भित्र्याएको थियो । टोलीका सल्लाहकार प्रशिक्षकमा पूर्वखेलाडी शक्ति गौचन रहेका छन् ।
लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालीले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो । लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् ।
हालै काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा लुम्बिनी लायन्सले तीन खेलाडीका लागि अधिकतम १५–१५ लाख रुपैयाँ खर्चिएको थियो । लुम्बिनी लायन्स क्लबले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सूर्य तामाङ, विवेक यादव र सन्दीप जोरा हुन् ।
यसैगरी, अक्सनमा लुम्बिनी लायन्सले दुई खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्चिएको थियो । लुम्बिनी लायन्सले आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १० लाख रुपैयाँमा खरिद गरेको हो । दुर्गेस गुप्ताका लागि भने लुम्बिनी लायन्सले आठ लाख रुपैयाँ खर्चिएको थियो ।
यसका अतिरिक्त, लुम्बिनी लायन्सले अर्जुन साउदलाई पाँच लाख रुपैयाँ र दिनेश अधिकारीलाई दुई लाख ७५ हजार रुपैयाँमा खरिद गरेको थियो । लुम्बिनी लायन्सले अभिशेष गौतम र विकास आग्रीलाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो । अक्सनमा लुम्बिनी लायन्सले कुल ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण