विपत्तिको सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण जरुरी छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबको पुस्तालाई विपत्तिको सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण जरुरी रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसर नेपाल भूगर्भ समाजले मंगलबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले अब बन्ने संरचनाहरु नेपाली भूगोल, माटो र भौगर्भिक बनावट सुहाउँदो हुनु पर्नेमा समेत जोड दिए ।
‘उत्थानशील भविष्यको लागि भावी पुस्ताको सशक्तीकरण’ भन्ने नाराका साथ यस वर्षको विभिन्न निकायहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको कार्यक्रम भूगर्भ समाजले आयोजना गरेको हो ।
कार्यक्रममा दाहालले भुगर्भको अध्ययन र अनुसन्धान विश्वविद्यालय तथा शैक्षिक संस्थामा मात्र केन्द्रित नभई कार्यस्थलमा समेत कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।
रोजगारी, उद्यमशीलता र अवसरहरूको सिर्जना गरी युवाहरूलाई स्वदेशमानै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको भन्दै उनले स्वदेशमा युवाहरू रहे मात्र विपत्तिको बेलामा परिचालन गर्न सकिने बताए।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपाल भौगर्भिक विपत्तिको उच्च जोखिममा रहेकाले क्षति न्यूनीकरणका लागि ध्यान दिन आवश्यक रहेको बताए।
यस्तै विभिन्न क्षेत्रका विज्ञहरूले जलवायु परिवर्तनको असर विश्वव्यापी चुनौती बनिरहेको बताएका थिए । विश्वव्यापी तापमान वृद्धिका कारण हिमाल बचाउने तर्फ ध्यान जान जरुरी रहेको उनीहरूको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण