अभिनेत्री नीता भन्छिन्, ‘निर्माता बन्दा धेरै कुरोको ज्ञान मिल्यो’
काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । नेपाली र हिन्दी दुई भाषामा एकसाथ प्रदर्शन हुन लागेको फिल्म नेपाली र दक्षिण भारतीय कलाकारले भरिएको छ ।
अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको फिल्ममा उनका पति हरिहर अधिकारी अभिनेतामा छन् । फिल्म फेमिली र लभस्टोरी ड्रामा बनेको निर्माण युनिटले जानकारी दियो ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा अभिनेत्री ढुंगानाले एकैपटक अभिनय र निर्मात्री बन्दाको अनुभव साटिन् । ‘प्रोड्युसर मात्र बनेको भए पनि हुने रहेछ । दुई–तीनतिरको दबाब झेल्न निकै गाह्रो हुने रहेछ’, नीताले भनिन्, ‘हाम्रो उद्योगमा कसैले पनि सपोट गरेनन् ।’ उनले वर्षाैदेखि अभिनय गर्दा सिक्न नसकेको पाठ निर्माता बनेर सिकेको बताइन् । उनले भनिन्, ‘म मार्फत दुई फिल्म उद्योगलाई जोडेर काम गर्ने वातावरण बन्यो ।’
फिल्मबाट चन्द्र पन्तले निर्देशनमा डेब्यु गरेका छन् । एक्सन कोरियाग्राफरको रूपमा चर्चित पन्तले अहिलेसम्म नसुनिएको नदेखिएको कथामा फिल्म बनाएको बताए । ‘यसमा धर्मसँग सम्बन्धित कुरा पनि छन् । तर यो धार्मिक फिल्म होइन’ उनले थपे ।
अभिनेत्री अभिनेत्री बिपना थापाले यस फिल्मबाट पुनरागमन गर्न पाएको खुसी रहेको बताइन् । नेपाली कलाकारलाई विदेशमा समेत चिन्न सकुन् भन्ने उद्देश्यले आफूले यो फिल्म लेखेको उनको भनाई थियो । फिल्ममा आफूले हरिहरकी आमाको भूमिका निर्वाह गरेको उनले बताइन् ।
‘शुभलभ’बाट अभिनयमा डेब्यु अभिनेता हरिहर अधिकारीले फिल्म धार्मिक कथावस्तुमा आधारित नरहेको बताए । फिल्म सबैले रुचाउने खालको बनेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण