तीन महिनामा २७ हजारभन्दा बढी विद्यार्थीले लिए वैदेशिक अध्ययन अनुमतिपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ हजार ७२७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइ जापान देखिएको छ । जापानमा अध्ययनका लागि जान ९ हजार ६३८ जनाले अनुमतिपत्र लिएका छन् । दोस्रो नम्बरमा संयुक्त अधिराज्य (बेलायत) रहेको छ । ५ हजार ४५३ जना नेपाली विद्यार्थीले तीन महिनाको अवधिमा संयुक्त अधिराज्यका लागि अध्ययन अनुमतिपत्र लिएका छन् ।
गत साउनदेखि असोज मसान्तसम्म वैदेशिक अध्ययन अनुमतिपत्र लिएको आधारमा अमेरिका नेपाली विद्यार्थीहरूको तेस्रो आकर्षक गन्तव्य बनेको छ । अमेरिकाका लागि ३ हजार ६४ जनाले समीक्षा अवधिमा अध्ययन अनुमतिपत्र लिएका छन् ।
यस्तै, अस्ट्रेलियाका लागि २ हजार २६२, भारतका लागि एक हजार ४४७, दक्षिण कोरियाका लागि ९९४, क्यानडाका लागि ९११, फ्रान्सका लागि ५१९ जनाले अध्ययन अनुमतिपत्र लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको कब्जा गर्ने निर्देशनबारे प्रचण्डको प्रतिक्रिया- देश दुनियाँमा बेइज्जत भयो एमालेको
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा
-
एक सातासम्म मनसुन निष्क्रिय बन्दै
-
जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्छ : मन्त्री ठकुरी
-
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो
-
पार्टीको रोग वाइसीएलमा पनि सर्यो, गम्भीर भएर समीक्षा गर्नुहोस्– प्रचण्ड