तीन महिनामा २७ हजारभन्दा बढी विद्यार्थीले लिए वैदेशिक अध्ययन अनुमतिपत्र
काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ हजार ७२७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइ जापान देखिएको छ । जापानमा अध्ययनका लागि जान ९ हजार ६३८ जनाले अनुमतिपत्र लिएका छन् । दोस्रो नम्बरमा संयुक्त अधिराज्य (बेलायत) रहेको छ । ५ हजार ४५३ जना नेपाली विद्यार्थीले तीन महिनाको अवधिमा संयुक्त अधिराज्यका लागि अध्ययन अनुमतिपत्र लिएका छन् ।
गत साउनदेखि असोज मसान्तसम्म वैदेशिक अध्ययन अनुमतिपत्र लिएको आधारमा अमेरिका नेपाली विद्यार्थीहरूको तेस्रो आकर्षक गन्तव्य बनेको छ । अमेरिकाका लागि ३ हजार ६४ जनाले समीक्षा अवधिमा अध्ययन अनुमतिपत्र लिएका छन् ।
यस्तै, अस्ट्रेलियाका लागि २ हजार २६२, भारतका लागि एक हजार ४४७, दक्षिण कोरियाका लागि ९९४, क्यानडाका लागि ९११, फ्रान्सका लागि ५१९ जनाले अध्ययन अनुमतिपत्र लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण