मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यक : अध्यक्ष यादव
मङ्गलबार, १३ कात्तिक २०८१, २१ : ३९
सुनसरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यक रहेको बताएका छन् ।
सुनसरीस्थित देवानगञ्ज गाउँपालिकामा जसपा नेपालले आयोजना गरेका दीपावली, छठ, सामा-चकेवा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकास र समृद्धिका लागि हरेक क्षेत्रमा सुशासन र पारदर्शिता आवश्यक रहेको बताए ।
अध्यक्ष यादवले आफ्नो पार्टीले सङ्घीयता र समावेशीसहितको उपलब्धिको रक्षा, मधेसी, मुस्लिम, आदिवासी, जनजाति, पिछडिएको क्षेत्र र समुदायका आवाज उठाएको धारणा राखे ।
कार्यक्रममा जसपा सुनसरी अध्यक्ष भगिरथ खत्वे, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता, पूर्वशिक्षा राज्यमन्त्री प्रमीला यादवसहितको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण