‘अन्याय’– भिनिसियसले बालोन डी’ओर नपाउँदा ब्राजिलको प्रतिक्रिया
ब्रासिलिया । भिनिसियस जुनियरलाई पछि पार्दै रोड्रीले बालोन डी’ओर अवार्ड जितेपछि ब्राजिलका पत्रकार र राजनीतिज्ञहरूले त्यसको आलोचना गरेका छन् ।
२४ वर्षीय ब्राजिलियन फरवार्ड गत सिजन रियल मड्रिडका शीर्ष गोलकर्ता थिए । स्पेनिस महारथी टोलीले च्याम्पियन्स लिगसहित ला लिगाको उपाधि जितेको थियो ।
म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर रोड्रीले उनको देशलाई युरो २०२४ को उपाधि जित्न मद्दत गरेका थिए भने उनले क्लबसँग प्रियिमर लिग, यूईएफए सुपर र क्लब विश्वकपको उपाधि जितेका थिए । रोड्रीले सोमबार पेरिसमा बालोन डी’ओर जित्दा भिनिसियस र क्लबका प्रतिनिधि समारोहमा उपस्थित नै भएनन् ।
ब्राजिलका समाचार टिप्पणीकारहरूले यो निर्णयलाई अन्यायपूर्ण र प्रतिशोधात्मक कदमको रूपमा वर्णन गरेका छन् । केहीले यो पुरस्कारको इतिहासमा सबैभन्दा विवादास्पद निर्णय भएको निष्कर्ष निकाले ।
धेरैले रियल मड्रिडका खेलाडीले स्पेनमा भोग्नुपरेको नस्लवादको बारेमा उनको अडानका कारण पुरस्कारबाट वञ्चित गरिएको दाबी गरे । ‘हामीलाई थाहा छ कि भिनिसियस स्पेनिस फुटबल र युरोपका अन्य भागहरूमा नस्लवादको निशानामा छन्, र उनी सक्रिय रूपमा यसविरुद्ध लड्छन्,’ ब्राजिलको प्रमुख टिभी समाचार नेटवर्क ग्लोबो न्यूजका टिप्पणीकार गुगा चक्राले भने, ‘यसले हामीलाई रोड्रीले जित्ने नतिजा भिनिसियसविरुद्ध पूर्वाग्रह र नस्लवादबाट प्रभावित थियो कि भनेर प्रश्न गर्न डोर्याउँछ।’
ब्राजिलको दैनिक एस्टाडाओका खेलकुद सम्पादक गुस्ताभो फाल्डनले भने, ‘भिन्सियसलाई बालोन डी'ओरको इतिहासमा सबैभन्दा ठूलो अन्याय थियो।’
‘यो पनि मलाई अन्याय जस्तो लाग्छ,’ ईएसपीएन ब्राजिलका खेलकुद कमेन्टेटर रोड्रिगो ब्युनोले थपे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण