गाजामा इजरायली हमलालाई अमेरिकाले भन्यो ‘भयानक’
गाजा । उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायली हमलालाई अमेरिकाले ‘भयानक’ भनेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी कम्तीमा ९३ जनाको मृत्यु भएको वा बेपत्ता भएको बताएको छ ।
राहतकर्मीहरूले पाँच तले भवनलाई निशाना बनाएको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने, ‘यस घटनामा सर्वसाधारणको ज्यान गएको रिपोर्टबाट संयुक्त राज्य अमेरिका चिन्तित छ। यो भयानक घटनाको भयानक परिणाम थियो।’
मिलरले आक्रमणमा दुई दर्जन बालबालिका मारिएको रिपोर्टलाई औँल्याए। उनले भने, ‘हालैको आक्रमणमा सर्वसाधारणको मृत्युले हामीलाई यो युद्ध किन अन्त्य गर्न आवश्यक छ भन्ने स्मरण गराएको छ।’
इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा विगत दुई सातादेखि आक्रमण गरिरहेको छ। यहाँ जबलिया, बेत लहिया र बेत हनौन जस्ता सहरलाई लक्षित गरिँदैछ।
इजरायलले उत्तरी गाजामा हमासलाई निशाना बनाएको बताएको छ। इजरायली सेनाले भने, ‘हामीले आज (मंगलबार) बेत लाहिया क्षेत्रमा सर्वसाधारण मारिएको रिपोर्टहरू देख्यौँ।’
इजरायलले हमासका लडाकुहरूले सर्वसाधारणलाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। हमासले यो दाबी अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण