नबिल बैंकसहित एकैदिन ४ कम्पनीको लाभांश घोषणा, कसको कति ?
काठमाडौँ । एकै दिन चार कम्पनीको लाभांश घोषणा भएको छ । तिहार बिदा सुरु हुनुअघिको अन्तिम दिन बुधबार सम्बन्धित कम्पनीहरूको लाभांश घोषणा भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसरी लाभांश घोषणा गर्नेमा नबिल बैंक, सोल्टी होटल, फर्स्ट माइक्रोफाइनान्स र विन्धवासिनी हाइड्रोपावर रहेका छन् ।
नबिल बैंकले यो वर्ष १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले यस्तो कर प्रयोजनको लागि समेत गरी सो बराबरको लाभांश दिने निर्णय गरेको हो ।
त्यसैगरी सोल्टी होटल लिमिटेडले पनि यो वर्ष १० प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
फर्स्ट माइक्रोफाइनान्सले ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश घोषणा गर्दा विन्ध्यवासिनी हाइड्रोपावरले भने ८ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ ।
यो लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । नियामक निकायबाट स्वीकृति लिनुपर्ने संस्थाहरुले भने साधारणसभा बोलाउनुअघि यस्तो स्वीकृति समेत लिनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण