नबिल बैंकसहित एकैदिन ४ कम्पनीको लाभांश घोषणा, कसको कति ?

काठमाडौँ । एकै दिन चार कम्पनीको लाभांश घोषणा भएको छ । तिहार बिदा सुरु हुनुअघिको अन्तिम दिन बुधबार सम्बन्धित कम्पनीहरूको लाभांश घोषणा भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसरी लाभांश घोषणा गर्नेमा नबिल बैंक, सोल्टी होटल, फर्स्ट माइक्रोफाइनान्स र विन्धवासिनी हाइड्रोपावर रहेका छन् ।
नबिल बैंकले यो वर्ष १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले यस्तो कर प्रयोजनको लागि समेत गरी सो बराबरको लाभांश दिने निर्णय गरेको हो ।
त्यसैगरी सोल्टी होटल लिमिटेडले पनि यो वर्ष १० प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
फर्स्ट माइक्रोफाइनान्सले ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश घोषणा गर्दा विन्ध्यवासिनी हाइड्रोपावरले भने ८ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ ।
यो लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । नियामक निकायबाट स्वीकृति लिनुपर्ने संस्थाहरुले भने साधारणसभा बोलाउनुअघि यस्तो स्वीकृति समेत लिनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल
-
माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित