संविधान संशोधनका लागि एमाले काङ्ग्रेस गठबन्धन : उपाध्यक्ष बराल
विराटनगर । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले एमाले र काङ्ग्रेस मिलेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् । जनार्दन मैनाली स्मृत पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले लोकतन्त्रको संस्थागत विकास, देशको विकास र संवृद्धि का लागि एमाले काङ्ग्रेस बिचमा गठबन्धन भएको बताए ।
उनले भने, ‘संविधान सहमतिको दस्ताबेज भएकाले सहमतिका आधारमा संविधान संशोधन गर्न एमाले र काङ्ग्रेस बिचमा गठबन्धन भएको हो ।’ बरालले संविधानका सबल पक्षलाई अगाडी बढाउनुपर्ने र कमजोर पक्षलाई संशोधन गर्नुपर्ने बताए । संविधानमा भएका कमजोर पक्षलाई संशोधन गरेर जाने विषयलाई प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए ।
उनले एमाले र काङ्ग्रेस बिचको गठबन्धन सरकारमाथि प्रश्न उठेको भन्दै उनले भने, ‘२०४७ सालमै मदन भण्डारीले एमाले र काङ्ग्रेस मिलेर सरकार चलाउनुपर्ने बताउनुभएको थियो । त्यही कुरालाई आत्मासात गर्दै एमाले र काङ्ग्रेस मिलेर सरकार चलाइएको छ ।’ उनले एमाले र काङ्ग्रेस मिलेर मात्रै संविधान संशोधन गर्न सकिने बताए ।
सरकारले सत्तामा रहेकालाई संरक्षण गर्ने र सत्ताभन्दा बाहिर रहेकालाई थुनछेक गर्ने नीति नलिएको बताए । उनले भने सत्तामा बसेकाहरूले पनि गल्ती गरेको भए सजायको भागीदार हुन्छन् । उनले सञ्चार जगतले नेपाली राजनीतिलाई बाटो देखाउने काम गरेको बताए ।
उनले भने सञ्चार क्षेत्रले बाटो बिराउनेलाई औँला उठाएको बताए । उनले लोकतन्त्रको संस्थागत विकासका लागि खबरदारी भएको बताए । उनले अहिले लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेको बताए । यसै बिच विराटनगरका पत्रकार बाबुराम भण्डारीलाई यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राशि १५ हजार ५ सय रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण