साफ महिला च्याम्पियनसिप : यस्तो छ पार्किङको व्यवस्थापन
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबिच हुँदैछ । खेल नेपाली समयअनुसार साँझ १८ः ३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने उक्त खेलका लागि विभिन्न स्थानमा सवारी साधनहरूको पार्किङको व्यवस्थापन गरिएको छ । जसअनुसार खेलकुद परिषद्को पार्किङ स्थलमा खेलाडी तथा अफिसियलहरुको सवारी साधन पार्किङ गर्न पाइने छ । यस्तै आँखा अस्पतालको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन र आर्मी हेडक्वाटर अगाडिको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न पाइने एन्फाले जनाएको छ ।
यस्तै त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल पछाडिको करिडोर र कुपण्डोलको करिडोर एरियामा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने छ ।
काठमाडौँ भ्युटावर पुरानो बसपार्कमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे साना सवारी साधन र धरहराको पार्किङ स्थलमा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न पाइने एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण