साफ महिला च्याम्पियनसिप : यस्तो छ पार्किङको व्यवस्थापन
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबिच हुँदैछ । खेल नेपाली समयअनुसार साँझ ६:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने उक्त खेलका लागि विभिन्न स्थानमा सवारी साधनहरूको पार्किङको व्यवस्थापन गरिएको छ । जसअनुसार खेलकुद परिषद्को पार्किङ स्थलमा खेलाडी तथा अफिसियलहरुको सवारी साधन पार्किङ गर्न पाइने छ । यस्तै आँखा अस्पतालको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन र आर्मी हेडक्वाटर अगाडिको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न पाइने एन्फाले जनाएको छ ।
यस्तै त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल पछाडिको करिडोर र कुपण्डोलको करिडोर एरियामा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने छ ।
काठमाडौँ भ्युटावर पुरानो बसपार्कमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे साना सवारी साधन र धरहराको पार्किङ स्थलमा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न पाइने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण