धनराज गुरुङ माथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
बुधबार, १४ कात्तिक २०८१, १८ : ००
पोखरा । गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले धनराज गुरुङ माथि पनि छानबिन र अनुसन्धान हुने बताएका छन् । बुधवार पोखरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सहकारीमा मुछिएका सबैमाथि छानबिन र दोषी देखिए कारबाही हुने बताएका हुन् ।
‘धनराजजी माथि पनि अनुसन्धान हुन्छ । छानबिन हुन्छ । यदि तथ्यले, प्रमाणले उहाँले पनि गैर कानुनी काम गरेको देखियो भने उहाँका माथि पनि कारबाही हुन्छ,’ उनले भने, ‘तथ्य र प्रमाणले देखिनुपर्यो ।’
तथ्यले प्रमाणित भए सबैमाथि अनुसन्धान र कारबाही गर्ने उनको भनाई छ । ‘सबैका माथि अनुसन्धान हुन्छ, कसै व्यक्तिको मात्रै नाम लिनै परेन । मुख हेरेर अनुसन्धान र कारबाही गर्ने होइन,’ अघि भने, ‘तथ्य र प्रमाण हेरेर अनुसन्धान र कारबाही गर्ने हो । जता जता तथ्य र प्रमाण जान्छ त्यता त्यता अनुसन्धान जान्छ । त्यसमा सबै पर्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण