लागु औषधसहित कपिलवस्तुबाट ३ जना पक्राउ
काठमाडौँ । प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बसपार्कबाट लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वुद्धभुमि नगरपालिका–२ घर भएका २८ वर्षीय महेश थारु, बाणगंगा नगरपालिका–१ घर भएका २४ वर्षीय बिपुल थारु र कृष्णनगरका लवकुश भुज छन् ।
लागु औषध नियन्त्रण ब्युरोको भैरहवा शाखा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपी महेश थारुको साथमा ९० हजार नगद फेला परेको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले रातोपाटीलाई बताए । लवकुश भुजको साथबाट प्रहरीले १५१ दशमलव २१० ग्राम ब्राउन सुगर बरामद गरेको छ । लवकुशसँग खैरो हेरोइन खरिद गर्न आएको अवस्थामा अरु दुईजना पक्राउ परेका हुन् । लागु औषध तौलन प्रयोग गरिने ४ थान तराजु पनि प्रहरीले बरामद गरेको छ ।
आरोपीहरुविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ । उनीहरू लागु औषध सेवनकर्ता समेत रहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण