लागु औषधसहित दुई जना पक्राउ
बुधबार, १४ कात्तिक २०८१, १९ : ०१
वीरगन्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको गण्डक चोकबाट जाँचका क्रममा २० वर्षीय युवकद्वयलाई प्रतिबन्धित लागु औषधसहित पक्राउ गरेको हो ।
प्रहरीले बारा महागढीमाइ नगरपालिका–७ का ओमबाबु कुशवाहा र शैलेस यादवलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले जनाए ।
उनका अनुसार प्रहरीले उनीहरुको साथबाट करिब तीन हजार एम्पुल नुरफिन, डाइजापाम र फेनारगन बरामद गरेको हो ।
वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ७२२७ नम्बरको बसबाट प्रहरीको टोलीले ब्यागमा लुकाई छिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागु औषध बरामद गरेको जनाएको छ ।
बरामद लागु औषधसहित पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण