राजविराज महोत्सवको तयारी पूरा
सप्तरी। संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबारदेखि राजविराजस्थित राजरङ्गशालामा सुरु हुने ‘राजविराज महोत्सव २०८१’ तयारी पूरा भएको छ ।
महोत्सव मूल आयोजक समितिले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक ड्रिम नेपाल युवा संघ सप्तरीले जनाएको छ । राजविराज नगरपालिकाको सहकार्यमा हुने महोत्सव कात्तिक २५ सम्म सञ्चालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक चितरञ्जन यादवले जानकारी दिए ।
महोत्सवमा स्थानीयस्तरका विभिन्न उत्पादन र कला संस्कृति झल्किने वस्तुसहितका ४० वटा स्टल रहने ड्रिम नेपालका अध्यक्ष कमल किशोर साहले बताए। महोत्सवका क्रममा स्थानीय तथा राष्ट्रियस्तरका कालाकारहरूका प्रस्तुति पनि हुनेछन् ।
अध्यक्ष साहले स्थानीयस्तरका उत्पादनलाई प्रोत्साहन गर्न त्यस्ता सामग्री बिक्री गर्ने १० वटा व्यवसायीलाई महोत्सव स्थलमा निःशुल्क स्टल उपलब्ध गराइनेसमेत बताए ।
सङ्घका सचिव मुस्तकिम आलमले महोत्सवका लागि रु ६४ लाख खर्च हुने अनुमान गरिएको र यसमा विभिन्न संस्था र स्थानीय पालिकासँग सहयोगका लागि कुराकानी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण