मोरङमा चोरी गरेको आरोप ३ जना पक्राउ
शनिबार, १७ कात्तिक २०८१, १२ : ५०
मोरङ । मोरङबाट प्रहरीले चोरी गरेको आरापमा ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ विभिन्न स्थानमा चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका ८ बस्ने विजय चौधरी, विराटनगर महानगरपालिका २ बस्ने मनिष मण्डल र बुढीगंगा गाउँपालिका २ बस्ने किशोर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चौधरी र मण्डलले विराटनगर महानगरपालिका ८ स्थित संगम चोकमा रहेको महेन्द्र माध्यामिक विद्यालयको कोठाको चाबी फोरेर कम्प्युटर मनिटर २ थान, सीपीयु १ थान, प्रिन्टर १ थान र धाराको सकेट २ थान चोरी गरेका थिए । सोही आरोपमा
उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै खड्काले बुढीगंगा २ नै बस्ने निर्मल बस्नेतको घरबाट २४ हजार नगदसहित विभिन्न गरगहना चोरी गरेको प्रहरीको भनाई छ । सोही आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण