बदला लिन युवतीले पूर्व प्रेमीलाई दिइन् ‘किलर सुप’, चाख्ने ५ जनाको मृत्यु
नाइजेरिया । बदला लिने एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एउटी युवतीले यस्तो षड्यन्त्र रचेकी छिन्, जुन सुनेर जो कोही छक्क पर्नुहुनेछ ।
आफ्नो पूर्व प्रेमीसँग बदला लिन एक युवतीले उनको सूपमा विष मिसाएकी छिन् । यो ‘किलर’ सूप पिएपछि पाँच जनाको मृत्यु भएको छ । यो घटना नाइजेरियाको इडोमा भएको हो ।
स्थानीय प्रहरीले घटनाको पुष्टि गरेको छ भने युवतीलाई पनि पक्राउ गरिएको छ । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।
डेली स्टारको रिपोर्ट अनुसार एउटै परिवारका सदस्यको शव कोठामा भेटिएको थियो । यो सम्पूर्ण घटना आफ्नो पूर्व प्रेमीसँग बदला लिन चाहने केटीको वरिपरि घुमेको देखिन्छ। जब युवतीले आफ्नो पूर्व प्रेमीप्रति असन्तुष्टि व्यक्त गर्दै परम्परागत सुपमा विष मिसाएकी थिइन् ।
उनको योजना पूर्व प्रेमीलाई लक्षित गर्ने मात्र थियो, तर उनले अनजानमा अन्य चार व्यक्तिको ज्यान लिइन् - जसमध्ये दुई दाजु थिए र बाँकी तीन जना उनीहरूका साथी थिए।
स्थानीय प्रहरीले युवतीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ । इडो राज्य पुलिस कमाण्डका प्रवक्ता, मुसा यामुले भने, ‘उनीहरूले मृत्यु कसरी भयो भनेर ठोस कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा खाद्य विषाक्तता कारण उनीहरूको मृत्यु भएको भन्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण