गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग
बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गरेका छन् ।
बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दिरमा आज आजपा जिल्ला कमिटीद्वारा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो माग गरेका हुन् ।
‘विश्वमै गढीमाईको प्रसिद्धि छ । विश्वले गढीमाईलाई चिन्छ । विश्व प्रसिद्ध गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हामी सबैले पहल गर्न आवश्यक छ । सरकारले ऐतिहासिक, धार्मिक, पर्यटकीय नगरी गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने मेरो आग्रह छ’ आजपा अध्यक्ष साहले भने, ‘यसको पर्यटकीय, धार्मिक पूर्वाधार निर्माणमा कसैको चासो छैन् । हामी यसलाई एक विशाल र भव्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं । तर दुर्भाग्य सरकारको चासो नै छैन् ।’
विश्व प्रसिद्ध गढीमाईको पाँच बर्षीय मेला मंसिरमा लाग्दैछ । यसको तयारी स्थानीय तहमा तिब्ररुपमा भईरहेको छ । लाखौं भक्तश्रद्धालु आउने यस मेलाको व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रीय सरकार बुझेर पनि नबुझे जस्तो गर्नु दुखको बिषय भएको उनले बताए ।
केन्द्रीय सरकारका साथै मधेस प्रदेश सरकार समेत गढीमाईको विकास एंव मेलाका लागि बेखबर भएको उनले टिप्पणी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण