सुदूरपश्चिमलाई हराउन कोशी प्रदेशले १८४ रन बनाउनुपर्ने
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई जितका लागि एक सय ८४ रनको लक्ष्य दिएको छ ।
जारी प्रतियोगितामा यी दुबै टोलीले आफ्नो अन्तिम खेल खेलिरहेका हुन् । पाँच खेलबाट आठ अंक बटुलेको सुदूरपश्चिम प्रदेश तालिकाको दोस्रो स्थानमा आसिन छ । समान खेलबाट दुई अंक हात पारेको कोशी प्रदेश भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
सोमबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम प्रदेशले ४७.४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ रन बनाएको हो । सुदूरपश्चिम प्रदेशका लागि युवराज खत्रीले ४४ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ८० बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान अभिषेक थापाले पनि टोलीका लागि ३७ रनको योगदान गरे । उनले ८७ बलको सामना गरी पाँच चौका पनि हिर्काए । कप्तान नरेश भट्टले पनि २४ रन बनाए । उनले ३३ बलमा चार चौका प्रहार गरे ।
तल्लो क्रमका ब्याट्सम्यान अशोक धामीले पनि टोलीको खातामा २२ रन थपे । उनले १७ बलमा एक छक्का र दुई चौका प्रहार गरे । नरेन साउदले पनि टोलीको खातामा २० रन थपे । उनले २० बलमा एक छक्का र एक चौका हिर्काए ।
ओपनर राजेश ऐर र दीपक रोकायाले पनि १०–१० रन बनाए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि ११ रन पायो । कोशी प्रदेशका बलर सौजन घिमिरे एक्लैले चार विकेट लिए ।
उनले १० ओभरमा २९ रन खर्चिए । विपिन महतोले पनि दुई विकेट हात पारे । कृतिक कामत, प्रेम कामत र आषिश मगरले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण