पेस्तोल र नक्कली नोट सहित दुई जना पक्राउ
सोमबार, १९ कात्तिक २०८१, १६ : १८
सर्लाही । गोडैता नगरपालिका-१२ बाट सोमबार पेस्तोल र नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन् ।
उनीहरुको साथबाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोली, एकहजार दरको २० थान नक्कली नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदै गरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण