भन्सालीको ‘लभ एन्ड वार’को सेट तयार, नोभेम्बर ७ बाट रणवीर–विक्कीको छायांकन सुरु हुने
मुम्बई । सञ्जय लीला भन्सालीको निर्देशनमा बन्न लागेको बलिउड चलचित्र लभ एन्ड वारको छायांकन छिट्टै सुरु हुँदैछ । आलिया भट्ट, रणवीर कपुर र विक्की कौशल अभिनित यस फिल्मको सेट मुम्बईको फिल्म सिटीमा तयार भएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार फिल्म सिटीको स्टुडियो ५ मा फिल्मको सेट तयार भइसकेको छ । सेटलाई ऐतिहासिक बनाइएको छ। सञ्जय लीला भन्सालीले नोभेम्बर ७ बाट यहाँ सुटिङ सुरु गर्दैछन् । फिल्मको पहिलो सेड्युल रणवीर कपुरसँग सुरु हुँदैछ । विक्की कौशल एक सातापछि सुटिङको हिस्सा हुनेछन् भने आलिया भट्टले डिसेम्बरबाट आफ्नो भागको सुटिङ सुरु गर्नेछिन् ।
पहिलो सेड्युलमा मुख्य कलाकारबाहेक ५० कलाकारलाई समावेश गरिएको छ, जसले सैनिकको भूमिका निर्वाह गर्नेछन् । फिल्म लभ एन्ड वार युद्धमा आधारित फिल्म हो ।
रिपोर्टका अनुसार फिल्मसँग सम्बन्धित कुनै पनि जानकारी लीक नहोस् भन्ने सुनिश्चित गर्नका लागि केही विश्वसनीय टोलीका सदस्यहरू बाहेक अरू कसैलाई सेटमा जान दिइनेछैन।
लभ एन्ड वार फिल्मको घोषणा गर्दा निर्माताले फिल्म अर्को वर्ष क्रिसमसको अवसरमा रिलिज हुने बताएका थिए तर अब फिल्म २०२६ को मार्चमा रिलिज हुनेछ ।
सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको अन्तिम फिल्म गंगुबाई काठियावाडी थियो, जसमा आलिया भट्ट मुख्य भूमिकामा थिइन् । गत वर्ष, सञ्जय लीला भन्सालीले ओटीटीमा हिरामंडी श्रृंखलाबाट आफ्नो निर्देशनको सुरुवात गरेका थिए। छिट्टै उनले हिरामण्डीको दोस्रो सिजन ल्याउन लागेका छन् । यसबाहेक उनले आगामी फिल्म ‘मन बैरागी’ निर्माण गर्नेछन् ।
आलिया भट्टको कुरा गर्दा उनको पछिल्लो रिलिज चलचित्र जिगरा हो । ९० करोड भारुमा बनेको यो फिल्मले ५५ करोड कमाउन सकेन । फिल्ममा उनीसँगै वेदांग रैना मुख्य भूमिकामा थिए ।
उनी छिट्टै अल्फा र ब्रह्मास्त्र २ मा देखिनेछिन् । रणवीरसँग रामायण, ब्रह्मास्त्र २ जस्ता फिल्म छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण