सहकारी प्रकरण
रवि लामिछानेका समर्थकद्वारा पोखरामा प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, २० कात्तिक २०८१, ११ : २४
२

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै मंगलबार समेत पोखरामा प्रदर्शन गरेका छन् ।
पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेको बताइएको छ ।
लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर सरकारमाथि दबाब बढाइरहेका हुन् ।
लामिछाने गत कात्तिक ३ मा काठमाडौँबाट पक्राउ परेका थिए । त्यसलगत्तै रास्वापाका नेता कार्यकर्तासहित समर्थकले विरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु